प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ
मोरङ — प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
शपथ लिनेहरुमा
- तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजनामन्त्री
- हिरा थापा-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
- लिलावल्लभ अधिकारी- आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री
- ज्ञानेश्वर राजववंशी- भूमि व्यवस्था, कृषि राज्यमन्त्री
- उत्तमकुमार बस्नेत - उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री
मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रतिक्रिया