कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

संघर्ष समितिद्वारा बीपी प्रतिष्ठानमा ओपीडी सेवा बहिष्कार 

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीपी प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ । 

संघर्ष समितिद्वारा बीपी प्रतिष्ठानमा ओपीडी सेवा बहिष्कार 

सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले ओपीडी सेवा ठप्प पारेका हुन् । तर चिकित्सकहरुले उपकुलपति परिसरमा केही बिरामी स्वास्थ्य परीक्षण जारी राखेका छन् ।

प्रतिष्ठानमा बढ्दो वेथिति, आर्थिक भ्रष्टाचारविरुद्ध अढाई महिनाअघिको आन्दोलनपछि उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवावाहेक अन्य सबै बहिष्कार गरेको छ ।

सरकारले गठन गरेको छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आन्दोलनकर्मीसँग मन्त्रालयले सम्झौता गरेको १ महिना पूरा भएको छ । तर, कार्यदलको प्रतिवेदनले दोषी औंल्याएका पदाधिकारीहरुलाई सरकारले कारबाही गर्न चासो नदेखाएको आन्दोलनरत पक्षको गुनासो छ । सरकारले छानबिनमात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्‍योएकोले आन्दोलनलाई थप कडा बनाउनुपरेको संघर्ष समिति संयोजक डा.एसपी रिमालले बताए । आकस्मिक सेवा, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षा भने सञ्‍चालन हुने उनले प्रस्ट पारे ।

प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी जारी छ । रजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिइसकेका छन् । उपकुलपति यतिबेला काठमाडौंमा छन् ।


प्रकाशित : भाद्र २०, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×