कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरान उपमहानगरको बजेट २ अर्ब ३ करोड ६४ लाख

सुनसरी — धरान उपमहानगरको नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित बजेट कूल बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँ प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षभन्दा ३१ करोड २८ लाख ५६ हजार ५ सय रुपैयाँले बढी हो । 

धरान उपमहानगरको बजेट २ अर्ब ३ करोड ६४ लाख

चालू आर्थिक वर्षमा नगरले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । उपमहानगरले कोरोना महामारीजस्ता महामारी नियन्त्रणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले नगरसभामा प्रस्तुत गरेको अनुमानित बजेटअनुसार शिक्षा, युवा तथा खेलकुदमा प्राथमिकताका साथ ३८ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको १८ दशमलव ७९ प्रतिशत हो ।

सहरी योजना तथा भौतिक पूर्वाधारमा १८ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा भने ४ करोड ७५ लाख रुपैयाँ रहेको छ । नवौं नगरसभाले धरानका २० वटा वडामा वडागततर्फ पुँजीगत र प्रशासनिक गरी २८ करोड रुपैयाँ विनियोजन गरेको छ । व्ययतर्फ सामाजिक विकासमा १ करोड, आर्थिक विकासमा ९० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख, पर्यटनमा ३५ लाख, सूचना तथा सञ्चारमा ३० लाख, साहित्य कला र संस्कृतितर्फ २५ लाख, व्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा ५० लाख, मजदुर कल्याड कार्यक्रममा ५ लाख, कानून तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणमा ७५ लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरको आन्तरिक आयतर्फ २७ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय समानीकरण अनुदान ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदान २ करोड १ लाख ४७ हजार, संघीय राजस्व बाँडफाँड १७ करोड ३ लाख ८६ हजार रुपैयाँ प्रस्तुत गरिएको छ ।

प्रदेश राजस्व बाँडफाँडमा १७ करोड ५१ लख ९५ हजार ७५० रुपैयाँ, संघीय शसर्त अनुदान ४६ करोड ४० लाखको अनुमान गरिएको छ । संघीय समपुरक अनुदानमा ३ करोड ४६ लाख, संघीय विशेष अनुदानमा २ करोड ९९ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार शसर्ततर्फ २ करोड, धरान खानेपानी व्यवस्थापन बोर्डबाट १० करोड अनुमान गरिएको छ ।

प्रकाशित : असार १०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?