कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा असार ७ सम्म थपियो निषेधाज्ञा

सुनसरी — सुनसरीमा जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । असार १ गतेदेखि लागू हुने गरी असार ७ गते सोमबार मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । 

प्रजिअ ढकालले जिल्लामा जारी गरिएको पछिल्लो निषेधाज्ञा केही खुकुलो पारिएको बताए । उनका अनुसार तोकिएका पसलहरू स्वास्थ्य प्रोटोकल पुरा गरी व्यापार गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

उनले भने, ‘निषेधाज्ञामा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत गरी बिहान ५ बजेदेखि दिनको ११ बजेसम्म खुला गर्ने तर पसलमा भिडभाड हुन नदिने र पसल खोल्दा स्वास्थ्य मापदण्ड अनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने पूर्ण रूपले पालना गरेको हुनु पर्नेछ ।’

दूध डेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध रूपले गर्न पाउने तर भिडभाड हुने सब्जी मन्डी, गुन्द्री बजार, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन । पुस्तक तथा स्टेसनरी पसल स्वास्थ्य मापदण्ड अपनाइ बिहान ५ बजेदेखि दिनको ११ बजे सम्म खोल्न पाइनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?