कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धेरै मूल्यमा मास्क र स्यानिटाइजर बेच्ने औषधि पसललाई दुईलाख जरिवाना

सुनसरी — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले इटहरीका दुई औषधि पसल सञ्चालकलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गराएको छ । औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा मंगलबार जरिवाना गरेको हो ।

धेरै मूल्यमा मास्क र स्यानिटाइजर बेच्ने औषधि पसललाई दुईलाख जरिवाना

कार्यालयले इटहरीको औषधि र औषधिजन्य वस्तुको थोक विक्रेता बिबिता सर्जिकल हाउस र होम्ताङ आयुर्वेद औषधालयलाई जरिवाना गराएको हो । कार्यालयका प्रमुख सन्तोष पोखरेलकाअनुसार सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा एमआरपी उल्लेख नभएको र ३९ रुपैयाँमा खरिद गरी ८० रुपैयाँमा बिक्री गरी अस्वभाविक मुनाफा आर्जन गरेको देखिएकाले २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

यसैगरी, होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर, मास्क लगायत अन्य औषधीहरूको खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएकोले उक्त औषधालयलाई पनि २० हजार जरिवाना गरिएको पोखरेलले बताए ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीका दुई फार्मेसीलाई पनि २० हजार जरिवाना गरेको कार्यालय प्रमुख पोखरेलले बताए । सरिता साह र किशोर साहले सञ्चालन गरेको टाटा फार्मेसीले बिलबिजक नराखी मास्क तथा सेनिटाइजर खरिद बिक्रीमा नाफा प्रतिशत बढी राखेकाले २० हजार जरिवाना गराइएको पोखरेलले बताए ।

प्रतिष्ठान गेट अगाडी सुजिता सुनुवारले सञ्चालन गरेको सुनौलो मेडिकल हलले मधुमेह (सुगर टेस्ट) को मेसिन महँगोमा बिक्री गरेको थाहा पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ङ को दफा ५४ को उपदफा दुई बमोजिम २० हजार जरिवाना गरिएको थियो । अनुगमन टोलीले बलराम अग्रवालले सञ्चालन गरेको गार्जियन फर्माले पनि खरिद बिलको ३० प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×