कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेस्तोलसहित एक पक्राउ

सुनसरी — कटुवा पेस्तोलसहित ससुराली आएका एकजनालाई प्रहरीले सोमबार सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगन्जबाट पक्राउ गरेको छ ।

पेस्तोलसहित एक पक्राउ

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका– १ का जमाल भन्ने २४ वर्षीय तालिम मन्सुरी रहेका छन् । उनको साथबाट होममेड कटुवा पेस्तोल र मिस फायर भएका थ्रीनटथ्री २ राउण्ड गोली बरामद भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाकाअनुसार सप्तरीबाट सुनसरीस्थित ससुराली आएका एक व्यक्तिले पेस्तोल बोकेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको हो ।

उनले भने, ‘सुनसरीको कोशी गाउँपालिकास्थित शिवालय कटान क्षेत्रको अस्थायी प्रहरी चौकीबाट गएका टोलीले खानतलासी गर्दा ढाड पछाडि लुकाएर राखेको अवस्थामा पेस्तोल र मिस्फायर गोली बरामद गरिएको हो ।’

प्रकाशित : वैशाख ६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?