कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा न्यायाधीशसहित ९ जनामा कोरोना

मोरङ जिल्ला अदालत ३ दिन बन्द
देवनारायण साह

मोरङ — मोरङ जिल्ला अदालतका एक न्यायाधीशसहित ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अदालत बन्द हुने भएको छ । 

मोरङमा न्यायाधीशसहित ९ जनामा कोरोना

कोरोना संक्रमण फैलिँदै गएपछि महानगरले सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीको स्वाब संकलन गरी परीक्षण गराउने क्रममा न्यायाधीशमा संक्रमण पुष्टि भएको महानगरका जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले बताए ।

अदालतका न्यायाधीशसहित चार जना कर्मचारीको स्वाब परीक्षण गराउँदा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए । न्यायाधीशमै संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको स्वाब परीक्षण र अदालतलाई सेनिटाइज गर्नका लागि सबै सेवा ठप्प गरी तीन दिन अदालत बन्द गर्ने निर्णय गरिएको उनले सुनाए ।

यसअघि नापी कार्यालय विराटनगरका दुई जना कर्मचारीमासमेत संक्रमण पुष्टि भएको हो । महानगरस्थित कोसी र अन्य ७ वटा निजी अस्पतालमा कार्यरत ६३ जना चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र प्रदेश १ प्रहरीका ३१, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १ र जिल्ला प्रहरी मोरङका १ गरी ३३ जना प्रहरी अधिकारीमा समेत संक्रमण पुष्टि भइसकेको छ । महानगरमा सोमबारसम्ममा १ सय ९७ जनामा संक्रमण पुष्टि भइसकेको छ । महागनरले साउन १६ गतेदेखि दुई साताका लागि लकडाउन गरेको छ ।

लकडाउन अवज्ञा गरेर सर्वसाधारण हिँड्डुल गर्ने क्रम नरोकिएकाले सबभन्दा बढी संक्रमित भएका विराटनगर–९ स्थित गुद्री क्षेत्रलाई सोमबार सिल गरेको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २६, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?