मोरङमा ३८० सवारी कारबाहीमा

मोरङ — जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ८० सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काका अनुसार जथाभाबी र तीव्र गतिमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुइँक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, कागजपत्र नबोकेका चालकको सवारी नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको हो, जसमध्ये मोटरसाइकल ३ सय ६४ वटा, कार र भ्यान ७, सिटी रिक्सा ४ र टेम्पो ५ वटा छन् ।
जाँडरक्सी खाएर होहल्ला गर्ने, जबर्जस्ती रङ, अबिर दल्ने ३५ जनालाई समेत कारबाहीको दायरामा ल्याइएको उनले बताए । होली मनाउने क्रममा भीडभाडलगायत अवाञ्छित गतिविधि हुन नदिन जिल्लाभर १ हजार ७ सय ५० जना प्रहरी परिचालन गरिएको थियो ।
प्रकाशित : चैत्र १६, २०७७ २०:५७