प्रदेश १ प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडेको छ ।
निर्णायक दल कांग्रेस तटस्थ बस्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव असफल हुने देखिएको छ । नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् ।
नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शेरधन राईतर्फ आएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् ।
दाहाल-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुन:स्थापनाका लागि दबाब सिर्जना गर्न आन्दोलन सशक्त बनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका कारण चालू आर्थिक वर्षको प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहका आङ्बोले मुख्यमन्त्री राईले लगाएका आफूविरुद्धको आरोप आधारहीन भएको दाबी गरेका छन् ।
नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।
नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा बहिष्कार गर्न आह्वान गरेकी छन् ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिई प्रतिक्रान्ति गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।