प्रदेश १ मा ९९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा ९९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

देवनारायण साह

मोरङ — प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् । 

डिस्चार्ज हुनेमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य ठाउँका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । याेसँगै प्रदेशमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

प्रदेशभरिमा हालसम्म १ हजार ४ सय ६५ जना संक्रमित भएका छन् । जसमा मोरङका ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशभर ५४ हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको हो ।

प्रकाशित : श्रावण २६, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्

मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालका अनुसार उनको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनका अनुसार संक्रमित कलेजोका साथै मधुमेहका बिरामी थिए ।

प्रकाशित : श्रावण २६, २०७७ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×