भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै विभिन्न मुलुकले आफ्ना नागरिकहरूलाई भारत भ्रमणमा रोक लगाउन थालेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्र २ लाख ५९ हजार १ सय ७० संक्रमित थपिएका छन् ।
सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।
कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ । जसअनुसार दिल्लीमा आगामी शुक्रबार राति दश बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू बिहार र उत्तर प्रदेशमा कोरोना संक्रमण फेरि तीव्र बनेको छ । भारतका विभिन्न सहरमा काम गर्ने नेपालीहरू अधिकांश यूपी र बिहार हुँदै ओहोरदोहोर गर्ने भएकाले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ ।
वरिष्ठ पत्रकार सर विलियम मार्क टली ५५ वर्षदेखि भारतमा छन् । उनले दिल्लीबाटै बीबीसीका लागि ३० वर्षभन्दा बढी पत्रकारिता गरे । दुई दशकभन्दा बढी त बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख नै रहे । त्यस अवधिमा उनले नेपाल, भारत र दक्षिण एसियाका अन्य मुलुकका महफ्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक घटनाको रिपोर्टिङ गरे ।
भारतमा कोरोना महामारीको संक्रमण तीव्र बनेपछि तेस्रो खोपको प्रयोगलाई अनुमति दिइएको छ । भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठन अन्तर्गतको विषयगत विज्ञ समितिले सोमबार रुसमा विकसित स्पुतनिक–५ खोपलाई आपतकालीन प्रयोगका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भारत सरकारले फेरि एकपटक रेमडेसिभिरको औषधि निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि रेमडिसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ लाख ४५ हजार संक्रमित थपिएका छन् ।
कक्षा ११ मा पढिरहेकी थिइन् अञ्जली शर्मा (नाम परिवर्तन) । कक्षामा राम्रै विद्यार्थीमध्येमा पर्थिन् । बुबाले प्लस टु सकेपछि राम्रो कलेज पढाउने वाचा गरेकै थिए तर चैत १ मा अञ्जली एकाएक हराइन् ।
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।