भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ ।

विश्वका अति संक्रमित मुलुहरुमध्ये भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । तर, पछिल्ला चार दिनमा भारतमा संक्रमणको विस्तार अमेरिका र ब्राजिलको भन्दा पनि बढी देखिएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३८६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

भट्टविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

आइतबार दर्ताको प्रयास भएपनि समय अभाव भएको र केही कागजात नपुगेको भन्दै उच्च अदालतले सोमबारमात्रै निवेदन दर्ता गरेको थियो ।

निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×