२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जौं काट्दै जुम्ली

डीबी बुढा

जुम्ला — यतिबेला जुम्लाका किसानलाई जौं भित्र्याउन भ्याइनभ्याइ छ । एकाबिहानै जौं बारीमा निस्केका किसानहरु साँझ अबेर मात्र घर फर्कन्छन् । जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकाका ६० वटै वडाहरुमा जौं खेती हुने भएकाले यो सिजनामा जौं पाकेर जुम्ला पहेंलपुर बनेको छ । जौं भित्र्याएर धान रोप्नुपर्ने भएकोले किसानहरु जौं भित्र्याउन लागि परेका हुन् ।

 गुठिचौर-५ की गीता सार्कीले जौं खेतीले ६ महिना धान्ने गरेको बताइन् । उनी जौं काट्न बारीमा जान थालेको एक साता हुन थाल्यो । उनले भनिन्,'धान फल्ने फाँटहरुमा जौं पाकेका छन् । हेर्नेलाई रमिता छ, हामीलाई भ्याइनभ्याइ छ ।' अन्य बालीभन्दा जौं खेती केही कम मात्रामा हुन्छ, तर समग्रमा गरिने जौँ खेतीमा कमी नआएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘जौं निकै महत्वपुर्ण मानिन्छ । जौंलाई एकदमै पौष्टिक आहारका रूपमा लिइन्छ,’ उनले भने, 'किसानले अहिले जौँ भित्राइरहेका छन् ।'यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा तीन हजार ८ सय ७० हेक्टर जमिनमा जौं उत्पादन हुने गरेको छ। वार्षिक ७ हजार मेट्रिकटन जौ बाली उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । अहिले ग्रामीण क्षेत्रमा समेत ३० रूपैयाँ मानाका दरले जौं बिक्री हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्