कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

टुँडिखेलमा थारु र मगर समुदायको माघी मेला [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सोमबार देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । थारु र मगर समुदायले भने यो दिनलाई नयाँ वर्षकोरुपमा हर्षोल्लासका साथ माघी पर्व मनाएका छन् । पर्वका अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले छुट्टा-छुट्टै माघी विशेष मेला आयोजना गरेका छन् । थारु समुदायले वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली निकालेका थिए ।

मेलामा माघी पर्वमा पाक्ने परिकारको वासना फैलिएको थियो भने थारू र मगर संस्कृति झल्किने झाँकीले टुँडिखेल झकिझकाउ बनेको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको थियो । माघी मेला रमाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेता र सांसदहरु समेत टुँडिखेल पुगेका थिए ।


प्रकाशित : माघ १, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्