कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हाफ म्याराथनको रौनक

तस्बिर : इलिट जोशी, दीपक केसी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, केशव थापा, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन 'रन द कान्तिपुर हाफ म्याराथन २०२२' सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको थियो ।

कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् । पार्कीले १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्कीले पछिल्लो संस्करणका विजेता अनिश थापामगरको रेकर्ड तोडेका छन् । पछिल्लो पटक अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्की १३औं दक्षिण एसियाली खेलकुद(साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन् ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनी पार्कीभन्दा ९ सेकेन्डले पछि परेका थिए । उनले १ घण्टा ७ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका हुन् । त्यस्तै तेस्रो हुने त्रिभुवन आर्मी क्लबकै मुकेश पालले १ घण्टा ८ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गरे । चौथो, पाँचौँ र छैटौं पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । चौथो हुने गजेन्द्र राईले १ घण्टा ९ मिनेट १ सेकेन्ड, पाँचौँ हुने तरेन्द्रसिंह रावलले १ घण्टा ९ मिनेट १० सेकेन्ड र छैटौं हुने खगेन्द्र भाटले १ घण्टा १० मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गरेका छन् ।

महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छिन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् । पछिल्लो पटक महिलातर्फको हाफ म्याराथनमा प्रथम भएकी विश्वरुपा बूढाले १ घण्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । त्यस्तै सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी १ घण्टा २२ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । त्यसैगरी नेपाल पुलिस क्लबकी रोवा विष्टले १ घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन् । त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमश: १ घण्टा ३१ मिनेट १३ सेकेन्ड, १ घण्टा ३३ मिनेट २७ सेकेन्ड र १ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।

महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको हो । हाफ म्याराथन पनि थापाथलीबाटै सुरु भएर माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर सकिएको थियो । कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाएका छन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो,पाँचौं र छैटौँ हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै ३ किलोमिटरको ह्विलचियर रेसमा रमेश खत्री प्रथम भएका छन् । खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । यस्तै प्रेमबहादुर विक द्वितीय भए भने धनबहादुर थिङले तृतीय स्थान प्राप्त गर्न सफल भए । विकले १४ मिनेट ८ सेकेन्ड र थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गरे । ह्विलचेयर रेसकै महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो भएकी छन् । खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । यस्तै प्रेमबहादुर विक द्वितीय भए भने धनबहादुर थिङले तृतीय स्थान प्राप्त गर्न सफल भए । विकले १४ मिनेट ८ सेकेन्ड र थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गरे । ह्विलचेयर रेसकै महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो भएकी छन् ।

शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क थियो । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुन: थापाथलीमै आएर सकिएको थियो ।

त्यस्तै ५ किलोमिटरको कर्पोरेट रनमा विकास पोखरेल प्रथम भएका छन् । पोखरेलले १७ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । यस्तै दौडमा शेरबहादुर थाउ द्वितीय र रितेश वलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । थाउले १८ मिनेट ४७ सेकेन्ड र वलीले १९ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । यस्तै कर्पोरेट रेसको महिलातर्फ भने सनी तामाङ प्रथम भएकी छन् । उनले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन् । दोस्रो भएकी सुनिता महर्जनले २७ मिनेट ४ सेकेन्डमा निर्धारित दूरी पार गरिन् भने तेस्रो भएकी लादेन प्रधानले ३० मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन् ।

कर्पोरेट दौड (५ किमि) को रहेको थियो । ५ किलोमिटर कर्पोरेट दौड थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुनेबाट फर्किएर पुन: सोही रुटमा थापाथली आएर टुंगिएको थियो ।कर्पोरेट रनका विजेतालाई पोखरा र दोस्रो हुनेले नगरकोटमा बस्ने–घुम्ने प्याकेज पाएका छन् भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पारेका छन् ।

कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष यो हाफ म्याराथन प्रभावित भई आयोजना हुन सकेको थिएन । म्याराथनमा सहभागी हुने सबैलाई एक–एक वटा बिरुवा प्रदान गरिएको छ ।


प्रकाशित : जेष्ठ २१, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्