स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध र्याली आयोजना गरेका हुन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक बनाई हत्या गरिएकी कुर्मीको न्यायका लागि आइतबार माइतीघर मण्डलमा लालटिन बालेर अधिकारकर्मीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
साफ महिला च्याम्पियनसिप २०२२ मा मंगलबार बंगलादेशले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हरायो ।
यस वर्ष पनि मिस नेपालको ताजका लागि युवतीहरू प्रतिस्पर्धामा छन् । आयोजक हिडेन ट्रेजरले २४ जना उत्कृष्ट प्रतिस्पर्धी चयन गरिसकेको छ । तिनै प्रतिस्पर्धीहरू पछिल्लो समय लाजिम्पाटस्थित र्याडिसन होटेलमा पुगेका छन् । जहाँ उनीहरू स्वीमसुट राउण्डअन्तर्गत र्याडिसन होटेलको स्वीमिङ पुल पुगेका हुन् । यसअघि उनीहरूले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय पनि अवलोकन गरिसकेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन 'रन द कान्तिपुर हाफ म्याराथन २०२२' सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको थियो ।
अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।
प्रतिनिधिसभाबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।