२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कांग्रेसको अनावश्यक हठ

पाठक पत्र

जनभावना एकातिर, राजनीतिक दलहरू अर्कातिर लागेको देखिन्छ । गएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुई ठाउँमै हार्नुको कारण पनि पार्टी जनभावनाअनुरूप हिँड्न नसक्नु नै हो । कान्तिपुर टेलिभिजनले आफ्नो जनमतमा प्रश्न राखेको थियो– गृहमन्त्री रवि लामिछानेले संसद्मा आफ्नो कुरा राख्न पाउनुपर्छ कि पर्दैन ?

त्यस प्रश्नमा ६१ प्रतिशतले लामिछानेले संसद्मा बोल्न पाउनुपर्छ भनेर आफ्नो अभिमत प्रकट गरे । कांग्रेसले यो जनमतलाई आत्मसात् गर्नुपर्छ कि पर्दैन ? जनताले जे भने पनि म मान्दिनँ भनेर ढिपी गरिरहे २०८४ मा कांग्रेस बढारिनेछ ।

केवल १ जनाका कारण संसद्लाई महिनौं अवरुद्ध गर्नु किमार्थ देश र जनताको हितमा हुँदैन । आवश्यक ऐन निर्माण नहुँदा, बजेटमा छलफल गर्न नपाउँदा विकासमा सिधै नकारात्मक असर पर्छ । यसर्थ कांग्रेसले संसद् अवरुद्धको बालहठ छोड्नुपर्छ । लामिछानेविरुद्ध आवाज उठाउन नपाइने होइन, संसद् खोलेरै पनि त्यो गर्न सकिन्छ ।

विरोधका लागि संसद् बन्द मात्र विकल्प होइन, हुनु हुँदैन । कुनै दिन यस्तै लामो संसद् अवरुद्ध गर्दा आम जनताले एमालेलाई निकै आलोचना गरेका थिए । अहिले एमालेको बाटामा कांग्रेस हिँड्दा उस्तै आलोचना जनस्तरबाट भइरहेको छ । कांग्रेसले जिम्मेवार राजनीति गरोस् भन्ने आम जनताको चाहना छ ।
– गोपाल देवकोटा, चाबहिल, काठमाडौं

प्रकाशित : वैशाख २८, २०८१ ०५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?