कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

तृप्ति शाही

वीरेन्द्रनगर — सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । 

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

मृत्यु हुनेमा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्का रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बिरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार घाइतेलाई उद्वार गरेर अस्पताल पुर्‍याइएको छ ।

कर्णाली प्रदेश ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको उनले बताए । प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरूलाई मुख्यमन्त्री यामलाल कँडेलले भेटेका छन् ।

घाइतेको उपचारमा कमी हुन नदिन उनले प्रदेश अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×