२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

प्रज्ञा कुञ्जको नाट्य उत्सव सम्पन्न

काठमाडौँ — बत्तिसपुतलस्थित शिल्पी थिएटरमा आयोजित नाट्य उत्सव सम्पन्न भएको छ । करिब १२ वर्षदेखि विद्यालयका नाटकमा सक्रिय प्रज्ञा कुञ्जले हरेक वर्ष नाट्य सप्ताह आयोजना गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीका नाटक मञ्चन गरेर उत्सव मनाउँदै आएको छ । 

प्रज्ञा कुञ्जको नाट्य उत्सव सम्पन्न

यो पटक नाट्यकर्मी टंक चौलागाईंका 'कालु र बाघ', 'सानी र परी', 'इमान्दार दाउरे', 'उज्यालोतिर', 'चकलेट', 'खेल्ने बेला खेल्छौं पढ्ने बेला पढ्छौं', 'हिराको भोटो', श्रवणकुमारको कथा, प्रकेश सिन्धुलीयको लेखन रहेको 'द फिनिस लाइन'लगायत विभिन्न लेखकका नाटकमा बनेको नाटक हेर्न कक्षा ४ देखि १० सम्मका करिब ४ सय विद्यार्थीले अभिनय गरेका छन् ।

यसअघि सर्वनाम थिएटर, मन्डला थिएटर, शिल्पी थिएटर, कुञ्ज थिएटर र स्टुडियो थिएटरमा प्रज्ञा कुञ्जका विद्यार्थीले नाटक मञ्चन गरिसकेका छन् । नाट्यकर्मी चौलागाईंले प्रज्ञा कुञ्जका विद्यार्थीलाई नाटक मात्रै नभई फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्रीमासमेत बाल-कलाकारको अभिनय प्रस्तुत गरिसकेका छन् ।

प्रज्ञा कुञ्जमा टंकसँगै कलाकार प्रतिक दुलाल पनि नाट्य शिक्षणमा सक्रिय छन् । टंक र प्रतिकसँगै रंगकर्मीहरु विजया कार्की, विजय नेपाल र बनसरी पाण्डेले निर्देशन गरेका नाटक पनि उत्सवमा मञ्चन भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?