कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

टीआरसी सहजीकरण कार्यदलले सरोकारवालाको राय लिएर प्रतिवेदन तयार गर्ने

काठमाडौँ — सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ । अब विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यादलले आउँदो सोमबार सरोकारवालाहरूसँग एकचरण छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिने भएका छन् ।

टीआरसी सहजीकरण कार्यदलले सरोकारवालाको राय लिएर प्रतिवेदन तयार गर्ने

शुक्रबार गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरू अब अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।

'सैद्धान्तिक छलफल सहमतिकै वरिपरि छ । व्यवहारिक रुपमा शब्दहरू के लेख्ने भन्नेमा अब मिलाउँछौं । सरोकारवालाको राय लिन्छौं' सहजीकरण कार्यदलका सदस्य माओवादी उपमहासचिव जनार्दन शर्माले भने ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि अहिले अन्तिम रुप दिनका लागि परामर्श गर्ने जानकारी दिए । 'अब टुंग्याउनेतिर जान्छौैं ' उनले भने ।

कांग्रेस, एमाले र माओवादीका तर्फबाट क्रमशः रमेश लेखक, महेश बर्तौला र जनार्दन शर्मा सम्मिलित कार्यदलले संसद्मा विचाराधीन टीआरसीसम्बन्धी ऐन संशोधनको मस्यौदामा सहमति हुन बाँकी मुद्दामा छलफल तीव्र पार्दै युद्धअपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म घटी सजाय गर्ने प्रावधान राख्न गत मंगलबार सहमति गरेका थिए । गम्भीर मानवअधिकार उल्लंघन केलाई भन्ने भन्नेमा पनि उनीहरूबीच मंगलबारै सहमति भएको थियो । जसअनुसार, क्रूरतापूर्वक गरिएको हत्या र नियतपूर्वक गरिएको हत्यालाई ‘मानवअधिकारको गम्भीर उल्लंघन’ भनी परिभाषित गरिने भएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×