कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने सरकारको लक्ष्य छ : मन्त्री खड्का

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन् । मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने सरकारको लक्ष्य छ : मन्त्री खड्का

सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए ।

मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत सम्बद्ध सबै पक्षलाई आह्वान गरे । उनले भने, ‘अहिले हामीले ९८ प्रतिशत घरधुरीमा विद्युतीकरण गरिसकेको भनेका छौं । अबको दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौं भन्ने हाम्रो लक्ष्य हो । अब हामीले त्यही अनुसार अगाडि बढ्नुपर्ने हुन्छ ।'

उनले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धी संघ, संस्थाप्रति आभार व्यक्त गरे ।

प्रकाशित : श्रावण ११, २०८१ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×