कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्याप्टेन शाक्यको उद्धार गर्ने प्रहरीलाई २२ सय पुरस्कार

काठमाडौँ — साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा जाेखिम माेलेर विमान चालक मनिषरत्न शाक्यलाई सकुशल उद्धार गरेकाे भन्दै प्रहरी प्रधान कार्यलयले डीएसपीद्वय सुकदेव खनाल र टेकबहादुर राउतसहित छ जना प्रहरीलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरेको छ ।

क्याप्टेन शाक्यको उद्धार गर्ने प्रहरीलाई २२ सय पुरस्कार

डीएसपीद्वयलाई जनही नगद २२ सय रुपैयाँ र चार जना जवानलाई जनही दुई हजार नगदसहित सम्मान गरिएकाे हाे । डीएसपी खनाल र राउतसहित प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चौसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई प्रहरी प्रधान कार्यलयले पुरस्कृत गरेकाे हाे ।उनीहरु सबै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ थिए ।

बुधबार बिहान ११:११ मा धावन मार्ग छाेडेकाे केही समयमै दुर्घटना भएकाे थियाे । त्यसपछि तत्कालै नियमित ड्युटीबाट दुर्घटनास्थल पुगेर प्रहरीले चालक शाक्यलाई दुर्घटना भएकाे विमानबाट चालक शाक्यलाई बाहिर निकालेका थिए । काठमाडाैंबाट जहाज मर्मतका लागि पाेखरा जाने क्रममा दुर्घटना भएकाेमा साैर्य एयरलाईन्सका काे-पाइलट, प्राविधिक/कर्मचारीसहित १७ नेपाली र १ जना विदेशी नागरिककाे निधन भएकाे थियाे ।

उद्धार गरिएका चालक शाक्यकाे सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेकाे छ । उनकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ भने दुर्घटनामा ज्यान गुमाएका सबैकाे शव पाेष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएकाे छ ।

प्रकाशित : श्रावण ११, २०८१ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×