कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार बिहान ११:११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : श्रावण ९, २०८१ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×