कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बंगलादेशबाट साढे ३ सय विद्यार्थी काँकडभिट्टा आइपुगे

झापा — सरकारी सेवामा विशेष आरक्षणको विरोधमा आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू पूर्वी नाका हुँदै घर फर्किन थालेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार तीन दिनमा करिब साढे ३ सय विद्यार्थी घर फर्किइसकेका छन्

बंगलादेशबाट साढे ३ सय विद्यार्थी काँकडभिट्टा आइपुगे

बंगलादेशको राजधानी ढाकासहित रंगपुरलगायतका मेडिकल कलेज, कृषि कलेजहरूमा नेपाली अध्ययनरत छन् ।

रंगपुरको डेन्टल कलेजमा अध्यनरत काठमाडौंकी सुजा क्षेत्रीले आन्दोलनका कारण सिंगो बंगलादेशमा जनसम्पर्क विच्छेद भएको बताइन् । उनका अनुसार इन्टरनेट, टेलिफोनलगायतका सञ्चारमाध्यमका साधनहरू बन्द गरिँदा परिवारसँग केही दिनदेखि सम्पर्क टुटेको थियो ।

‘काँकडभिट्टा आइपुग्नेबित्तिकै पहिला घरमा फोन लगाएँ’, सुजाले भनिन्, ‘सबै खुसी हुनुभयो ।’ पूर्वी नाका काँकडभिट्टाबाट करिब ३५ किलोमिटर बंगलादेशको सिमाना पर्छ । फूलबारी–बंगलाबन्ध मार्ग हुँदै नेपालीहरू घर फर्किइरहेका छन् ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू पूर्वी नाका हुँदै घर फर्किन थालेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहनाल पनेरुले बंगलादेशबाट फर्किने नेपाली विद्यार्थीको चाप बढेको बताउँदै यो संख्या अझै बढ्न सक्ने बताए । उनले भने,‘विद्यार्थी आएका आयै छन्, यो क्रम अझै केही दिन रहन्छ ।’ यसअघि आइतबार बिहान विमान बंगलादेशमार्फत ५६ विद्यार्थी ढाकाबाट काठमाडौं आइपुगेका छन् । बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी विभिन्न विषयमा अध्ययनरत रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रकाशित : श्रावण ६, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×