कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संविधान संशोधन सजिलो छैन : आङ्देम्बे

लक्ष्मी गौतम

पाँचथर — नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले कांग्रेस-एमाले मिलेर सरकार बनाउनु मुलुकको आवश्यकता रहेको बताएका छन् ।

संविधान संशोधन सजिलो छैन : आङ्देम्बे

यद्यपि देशका प्रमुख र दोस्रो पार्टी मिलेर सरकार बनाउँदा साना दल र नागरिकका आवाज कुण्ठित पो हुने हुन् कि ? भनेर सशंय व्यक्त हुनु पनि स्वाभाविक भएको उनको भनाइ थियो ।

‘पछिल्लो पटक कांग्रेस-एमाले मिलेर सरकार बनेपछि जबरजस्त संविधान संशोधन गर्लान् वा साना दललाई प्रभाव पर्ने गरी थ्रेस होल्डको दायरा खुम्च्याउँछन् कि ? भन्ने शंका गरिए पनि त्यो सजिलो छैन,’ आङ्देम्बेले भने ।

मंगलबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा आङ्देम्बेले कम्युनिष्ट पार्टी मिलेर सरकार चलाउन भनेर प्रमुख दल कांग्रेसले चुप लागे पनि पछिल्लो पटक एमालेसँग मिल्नु पर्ने बाध्यता आइलागेको बताए ।

एमाले-माओवादीबीच एक अर्कामा विश्वासको वातावरण नहुँदा प्रचण्ड नेतृत्वको पछिल्लो सरकार नटिकेको पनि आङदेम्बेको भनाइ थियो ।

पटक-पटक सरकार फेरिँदा शीर्ष नेताहरुले पटक-पटक प्रधानमन्त्री र सांसदहरुले मन्त्री बन्ने अवसर पाए पनि देशमा सकारात्मक परिवर्तन आउन नसकेको पनि आङदेम्बेले टिप्पणी गरे ।


प्रकाशित : श्रावण १, २०८१ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×