कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बीपी र मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली — लगातारको वर्षापछि खसेको पहिरोले बीपी राजमार्ग र मध्येपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-२ को कमेरेफाँटमा लेदोसहितको पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बीपी र मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका-६ अक्करे भीर र फिक्कल गाउँपालिका-२ सुम्नामबेंसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।


दुई राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरू ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन बिच बाटामै अलपत्र परेका छन् । यान्त्रिक कार्यालय मुलकोटको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।


प्रकाशित : असार २२, २०८१ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×