कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकारी कार्यालयहरूको व्यवहारले धेरै युवा निराश भए : सांसद पौडेल

'सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो ? काम नहुनाको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं'

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीलाई गर्ने व्यवहारमा परिवर्तन हुनुपर्ने माग गरेका छन् । पहुँच हुनेहरूको काम गर्ने तर सर्वसाधारणको काममा अल्झन ल्याउँदा युवाहरूको राज्यप्रति निराशा बढेको सांसद पौडेलको भनाइ थियो । 

सरकारी कार्यालयहरूको व्यवहारले धेरै युवा निराश भए : सांसद पौडेल

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पौडेलले सेवाग्राहीको काम किन हुन नसकेको हो भन्ने कुरा लिखितमा दिनुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

'सरकारी कार्यालयहरूमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने गरेको छ । पहुँच पुगेका मान्छेहरूको काम हुने, रिस्वत बुझाउन सक्ने मान्छेहरूको काम हुने अरुको काम नहुने ! विशेष गरी महिलामान्छे, निमुखा, विपन्न मान्छेहरूलाई असाध्यै ज्यादा हेप्ने,' उनले भने, 'सरकारी कार्यालयहरूले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको स्थिति छ ।'

सेवा ग्राहीको काम किन हुन नसकेको हो भनेर सरकारी अधिकारीले लेखेर दिनुपर्ने कानुनी व्यवस्था गर्न सांसद पौडेलले माग गरेका छन् । 'सेवा ग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो ? काम नहुनाको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं,' उनले भने, 'सबै सरकारी कार्यालयले सेवाग्राहीको काम कुन कानुन नमिलेको कारणले, के कानुनी समस्या भएको कारणले नभएको हो लिखित रूपमा अनिवार्य जवाफ दिने व्यवस्था गरियो भने भ्रष्टाचार पनि न्यूनीकरण हुन्छ, सरकारी सेवा केन्द्रले सेवा ग्राहीहरूलाई सुलभ रूपमा सेवा सुविधा उपलब्ध गराउन पनि सकिन्छ । सरकारको प्रभाविकारीता पनि देखिन्छ ।'

सेवाग्राहीको काम नहुनाको कारण लिखितमा दिनुपर्ने व्यवस्था कानुनमा गर्नका लागि सांसद पौडेलले सरकारसँग माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×