कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पार्टी कार्यालय भवन निर्माण अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई एमालेको आहृवान

काठमाडौँ — नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माण अभियानमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आहृवान गरेको छ ।

पार्टी कार्यालय भवन निर्माण अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई एमालेको आहृवान

गोदावारीको सनराईज हलमा आइतबार सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोर्ड सार्वजनिक गर्दै सो प्रस्ताव गरेको हो । मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरुबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान सुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिंगो पंक्तिलाई आहृवान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले पार्टीको क्युआर कोर्डमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पंक्तिलाई आग्रह गरे । नवीकरण र पार्टी सदस्यता विस्तार गर्दाखेरी प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने प्रक्रिया जारी रहेको र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्न सक्नेहरुबाट पनि सहयोग लिएर आधुनिक र भव्य कार्यालय भवन बनाउने आफूहरुको योजना रहेको महासचिव पोखरेलले बताए ।

एमालेले पार्टी कार्यालय भवन बनाउने ठाउँ करिब निष्कर्षमा पुगेको जनाए पनि सार्वजनिक भने गरेको छैन ।

प्रकाशित : वैशाख ९, २०८१ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×