रहेनन् गजलकार प्रकट पंगेनी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पोखरा — गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![रहेनन् गजलकार प्रकट पंगेनी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/prakat-pangeni-1642024011052-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनको उपचारमा आर्थिक अभावसमेत देखिएपछि आफन्त र घर परिवारको आग्रहमा साँस्कृतिक परिवारले मंगलबारदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको थियो । उनको उपचारमा पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् । शृंगारिक र प्रेमरसले भरिएका उनका चर्चित गजल छन् । उनको कविताकृति ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् । बुधबार पोखरामा उनको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)