कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने माग गरे । उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल

उनले नेपालमा धेरै विश्वविद्यालयहरु भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो ? भनेर पनि प्रश्न समेत गरे । ‘मान्छेमा बास्तविक सीप भर्ने नयाँ तरिका यो विश्वविद्यालयले के ल्याएको छ ? नवप्रवर्द्धनका विषयहरु पढाउने भनेर भनेको छ । सीपयुक्त जनशक्ति उत्पादन गर्ने भनेको छ । यो कुरा त अन्य विश्वविद्यालय, अन्य सरकारका निकायहरुले पनि भनेको स्थिति छ,' उनले भने, 'यसले त्यो भन्दा फरक काम के गर्छ ? हामीलाई यतिधेरै विश्वविद्यालय किन चाहिएको हो वा के आवश्यक हो?'

उनले समान उद्देश्यका धेरै विश्वविद्यालय खोल्नुको सट्टा कुनै विश्वविद्यालयमातहतमा कलेजहरु खोल्नु उपयुक्त हुने सुझाव दिए । 'सामुदायिक क्याम्पसहरुले विश्वविद्यालयको सम्वन्धनका निम्ति आवेदन दिएको स्थिति छ । त्यसलाई किन नदिने ? खोप इन्जिनियरिङ कलेजलाई सम्बन्धन किन नदिने ? मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भनेर भनिएको छ, त्यसलाई सम्बन्धन किन नदिने ?,' पौडेलले प्रश्न गर्दै भने, 'त्यसैले सबैलाई सम्बन्धन दिने हो र विश्वविद्यालयको संख्या बढाउने हो भने हामीले एउटा छाता ऐन बनाऔँ । त्यही ऐन मातहतमा रहेर सम्बन्धन दिने व्यवस्था गरौँ ।'

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयहरुले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा प्रष्ट हुनुपर्ने बताए ।

प्रकाशित : वैशाख ३, २०८१ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?