कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

प्रदेश सरकार निर्माणमा राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । प्रदेशहरुमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्न निर्णय गरेको हो ।

प्रदेश सरकार निर्माणमा राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको छ ।

‘प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय भएको छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने, ‘समर्थन गर्नुपर्ने अवस्था आए विपक्षी गठबन्धनलाई सघाउने निर्णय भएको छ ।’

उनले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देललाई दिएको जानकारी दिए । ‘पार्टी तत्काल सरकारमा सहभागी नहुने र विपक्षीलाई समर्थन गर्नेपरे अध्यक्षले निर्णय गर्ने अधिकारी दिइएको छ,’ उनले भने । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ । राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुनसक्थ्यो ।

राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ ।

प्रकाशित : चैत्र २१, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×