कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रधानमन्त्रीले सोमबारको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिने

रासस

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विपक्षी दलका सांसदलगायत सांसदहरुले समसामयिक विषयमा उठाएका जिज्ञासाको आगामी सोमबारको बैठकमा जवाफ दिने भएका छन् । 

प्रधानमन्त्रीले सोमबारको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिने

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेका भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रबार एक पत्र पठाउँदै आगामी सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा 'शुक्रबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा उहाँ कामविशेषले काठमाडौँ उपत्यकाबाहिर रहनुभएको हुँदा यही फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न' भन्दै अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×