कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सेनाको समयसांपेक्ष आधुनिकरण हुन अपरिहार्य : प्रधानसेनापति शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको समयसांपेक्ष आधुनिकरण हुन अपरिहार्य रहेको बताएका छन् ।

सेनाको समयसांपेक्ष आधुनिकरण हुन अपरिहार्य : प्रधानसेनापति शर्मा

सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक–२०८० मा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरुलाई सम्बोधन तथा चुनौतीहरुको समाधान एवं न्यूनीकरण गर्न समयसांपेक्ष आधुनिकरण हुन अपरिहार्य रहेको उल्लेख गरेका हुन् । उनले भने, ‘नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा छ ।’

र्श्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरु सँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरुलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनु पर्ने बताए ।

प्रकाशित : फाल्गुन १६, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×