कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राम्रा खेलाडीहरु विदेश पलायन भए : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा खेलाडीहरु विदेश पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले स्वदेशमै राम्रो वातावरण बनाउन सके खेलाडी पलायनलाई रोक्न सकिने बताए।

राम्रा खेलाडीहरु विदेश पलायन भए : ओली

सोमबार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा अध्यक्ष ओलीले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको बताए ।

उनले खेलाडीहरुलाई देशमै रोक्नका लागि उपयुक्त वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने बताए ।

‘राम्रो खेलाडीहरुका लागि विदेशमा धेरै अवसर हुन्छ । तर हामीले आफ्नो स्ट्याण्डर्ड बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ,' उनले भने, 'यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन् ।'

ओलीले आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माणमा निकै प्रयास भएको दाबी गरे । 'म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो, अन्य थिएन । भत्किएको दशरथ रंगशाला बनाइयो । जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो । यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो,'अध्यक्ष ओलीले अघि भने, 'हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ?'

उनले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताए ।

प्रकाशित : माघ २९, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×