२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

संसदीय भुमिकालाई थप प्रभावकारी बनाउने जनमतको निर्णय

काठमाडौँ — सत्तारुढ दल जनमत पार्टीले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । 

संसदीय भुमिकालाई थप प्रभावकारी बनाउने जनमतको निर्णय

सोमबारको देखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । जनमतका प्रवक्ता शरदसिंह यादवले बैठकमा समसामयिक राजनीतिको समीक्षा गर्दै संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए ।

उनका अनुसार बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा समेत छलफल भइरहेको छ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको उनले बताए ।

'गठबन्धन बनेको एक वर्ष बितेको छ । तर मधेशमा जनता समाजवादी पार्टीले गठबन्धनको सहमतिलाई कार्यान्वयन नगर्दा समस्या भएको छ,' उनले भने, 'गठबन्धनको सहमतिबमोजिम अघि बढ्नुपर्छ भनेर बैठकमा उठेको छ ।'

उनले संघीय सरकारको एक वर्षको कामका विषयमा समेत समीक्षा भएको बताए ।

प्रकाशित : माघ २१, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?