कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

‘इन्टेग्रिटी आइकन–२०२३’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौँ — यसबर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२३’ बाट पाँच कर्मचारी सम्मानित भएका छन् । वीरगञ्जको नारायणी अस्पतालकी नर्सिङ इन्चार्ज हेमा थापा, ललितपुर महानगरपालिकामा महिला तथा बालबालिका शाखाकी निर्देशक नीरा अधिकारी, झापा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रतिक राई, मुस्ताङमा बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय र तारकेश्वरको मनमैजु स्कुलकी प्रिन्सिपल रविना महर्जन इन्टेग्रिटी आइकन बनेका हुन् ।

‘इन्टेग्रिटी आइकन–२०२३’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित

उनीहरुलाई शुक्रबार काठमाडौंमा एक समारोहका बीच सम्मान गरिएको छ ।

एकाउन्ट्याबिलिटी ल्याब नेपालले सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ । यो १० औं सस्करण हो ।

नेपालको सार्वजनिक प्रशासनमा रहेर सेवाग्राहीप्रति उत्तरदायी जनसेवकलाई सम्मान गर्दै आएको ल्याबका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले बताए ।

प्रकाशित : पुस २८, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×