कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेर राजतन्त्र आउन्न : खनाल

नारायण शर्मा

पूर्वी नवलपरासी — नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेका भरमा अब राजतन्त्र नफर्किने बताएका छन् । 'राजतन्त्र त रसातलमा पुगिसक्यो, उनको शासनकाल सकियो अब फेरि फर्कन्न,' खनालले भने, 'त्यो इतिहासमा भासियो कल्पना नगरे हुन्छ ।'

पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेर राजतन्त्र आउन्न : खनाल

ज्ञानेन्द्रको शासनकालमा जनताले बोल्न लेख्न नपाएको स्मरण गर्न सुझाव दिँदै खनालले अहिलेको पुँजीवादी शासन व्यवस्था धेरै प्रगतिशील भएको जिकिर गरे । यही शासन व्यवस्थाबाटै समाजवादको यात्रा सुरु गर्न प्रगतिशील चिन्तित राखेर अघि बढ्नु आजको आवश्यकता भएको उनले तर्क गरे ।

एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियानअन्तर्गत शनिबार कावासोतीमा आयोजित सभामा बोल्दै पूर्वप्रधानमन्त्री खनालले अहिलेको शासन व्यवस्थामा केही मुठ्ठीभरका व्यक्ति अर्बपति, खर्बपति भएको भन्दै जनता कंगाल हुँदै गएको चर्चा गरे । 'यस्तो शासन व्यवस्थामा हुने नै यस्तै हो,' उनले अगाडि भने, 'जनता सकिँदै जान्छन् मुठ्ठीभरका दलाल पुँजीपति अर्बपति हुँदै जानुमा यही शासन व्यवस्थाको दोष हो । यसमा व्यापक सुधार जरुरी छ ।'

अहिलेको शासन व्यवस्थाले जनता झनझन कंगाल हुँदै जाने उनले सुनाए । मान्छेले मान्छे बेचेर खाने म्यानपावर दलालको बिगबिगी बढेको चर्चा गर्दै खनालले ती सबै चिजको निवारणका लागि समाजवादी आन्दोलन आवश्यक रहेको र आफूहरुले त्यही काम गर्दै आएको उनको दाबी थियो ।

प्रकाशित : आश्विन २०, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?