कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पिस कोरका उपनिर्देशक ह्वाइट नेपालमा

काठमाडौँ — पिस कोरका उपनिर्देशक डेभिड ई. हवाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधबार आइपुगेका छन् । उनलाई नेपालमा अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गरे । 

पिस कोरका उपनिर्देशक ह्वाइट नेपालमा

आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने छन् । स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरुले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद दिने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । साथै, उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्ने छन् ।

उपनिर्देशक ह्वाइट केही समयअघि नेपाल आइपुगेका १० जना पिस कोर ‘रेस्पोन्स भोलेन्टियरहरू’ को शपथग्रहण समारोहमा पनि सहभागी हुने छन् । नेपालमा काम गर्न आउने ‘रेस्पोन्स भोलेन्टियरहरू’ को यो नै पहिलो समूह हो ।

पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकहरूलाई अल्पकालीन (नौदेखि बाह्र महिना) अवधिका, उच्च–प्रभाव दिने खालका कामहरू पूरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा अमेरिकाले पठाउँछ ।

प्रकाशित : जेष्ठ २, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×