कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सातै प्रदेशमा रास्वपाको संगठन विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पार्टीको संगठन विस्तारका क्रममा सातै प्रदेशमा प्रदेश समितिहरू गठन र विस्तार गरिएको बताए ।

सातै प्रदेशमा रास्वपाको संगठन विस्तार

‘पार्टीले संगठन विस्तारको क्रममा सातै प्रदेशमा समितिहरू गठन गरिसकेको छ । अब हामी संगठन विस्तारलाई वडा तहसम्मै पुर्‍याउँदैछौँ,’ उपसभापति अर्यालले भने, ‘अब हामी स्थानीय तह र वडास्तरमा पार्टीका समितिहरू गठन गर्दैछौँ ।’

रास्वपाले जिल्लास्तरमा संयोजक र उपसंयोजक हुने व्यवस्था गरेको छ भने निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति हुने सांगठनिक संरचना छ ।

रास्वपाका अनुसार प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनी प्रदेशको सभापतिमा देवराज पाठक, कर्णाली प्रदेश सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट चयन भएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?