काठमाडौंमा बिहानैदेखि दाहाल–नेपाल समूहको प्रदर्शन [तस्बिरहरू]
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेको छ । रत्नपार्क, गोंगब, कलंकी, सातदोबाटो लगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका हुन् ।
सातदोबाटोको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, रत्नपार्कको प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी भए ।
यातायात आवागमनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले रत्नपार्कमा प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरेको छ । उपत्यकाका अन्य स्थानबाट कार्यकर्ताहरू पक्राउ परेका छन् ।
सरकारले प्रक्रिया मिचेर संवैधानिक निकायहरूमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बुधबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको थियो ।
प्रतिक्रिया