कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा एक साता मासु, मदिरा बिक्रीमा रोक

काठमाडौँ — यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले एक सातका लागि पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको छ ।

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा एक साता मासु, मदिरा बिक्रीमा रोक

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मंसिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिए ।

'पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै कामभएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,' उनले भने ।



प्रकाशित : मंसिर २१, २०८० १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×