२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

रासस

काठमाडौँ — काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

'हराएको नवजात शिशु काँडाघारीमा फेला परेको छ,' उनले भने, 'बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।'

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भइ हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०८० ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?