प्रसूति गृह थापाथलीबाट नवजात शिशु चोरी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट २६ दिनको शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
![प्रसूति गृह थापाथलीबाट नवजात शिशु चोरी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/2022-06-15-2322024011455-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा बोक्न दिएकी थिइन् ।
डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरी छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
अस्पताल स्रोतका अनुसार शिशु बिरामी भएपछि सविना अस्पताल आएकी थिइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया