कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ 

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई गएराति प्रहरीले  पक्राउ गरेको छ ।

विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ 

प्रहरीले उनीहरुको साथबाट करिब १ सय ८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला परेको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

प्रकाशित : मंसिर १९, २०८० १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×