कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नक्कली नोटसहित एक व्यक्ति पक्राउ

काठमाडौँ — नक्कली नोट लिएर कारोबार गरेको आरोपमा धादिङको गजुरी गाउँपालिका-४ का सन्तोष चेपाङ पक्राउ परेका छन् ।उनलाई एक हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोटसहित गएराति प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट नियन्त्रणमा लिएको हो ।

नक्कली नोटसहित एक व्यक्ति पक्राउ

गजुरी गाउँपालिका-४ घर भएका चेपाङ हाल शंखमुलमै बस्दै आएका थिए । मंगलबार शंखमुलमा रहेको खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर १३, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×