१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एमालेको राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

एमालेको राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस 


मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।

प्रकाशित : मंसिर ५, २०८० १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?