कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाटनको हाथद्यो न्यूयोर्कमा फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटनको हौगल टोलस्थित एक गुठीघरबाट चोरिएको पुरातात्विक भैरव मास्क(हाथद्यो) अमेरिकाको न्यूयोर्कमा फेला परेको छ ।

पाटनको हाथद्यो न्यूयोर्कमा फेला

हराएका/चोरिएका सम्पदाको खोज तथा घरफिर्ती अभियानमा जोडिएको ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, न्यूयोर्कस्थित अन्तरार्ष्ट्रिय कला–सम्पदा लिलाम गृह बनह्याम्ज केन्द्रमा हाथद्यो फेला परेको हो । यो सत्रौं शताब्दीको सम्पदा २०१७ मैं बिक्री भएर न्यूयोर्क पुगेको पाइएको छ । फ्रेन्च अध्येता जेरार्ड टोफिनले सन् १९८६ को इन्द्रजात्रा उत्सवका बेला लिएको तस्बिरका आधारमा यो हाथद्योको उत्पत्ति थलोको प्रामाणिकता पहिचान गरिएको हो । यो सम्पदा गुठीघरबाट कहिले चोरिएको थियो भन्ने खुलाइएको छैन ।

यस्तै, सन् ८० को दशकमा चोरिएको मानिने काठमाडौं ओमबहाल टोलको बोधिसत्व पद्यमपाणी र सुखवती लोकेश्वरको प्रतिमा अमेरिकाको बोस्टनस्थित एक लिलाम गृहमा पाइएको छ । २००९ अप्रिल २४ मा बोस्टनस्थित स्किनर कलेक्सन (हाल बनह्याम्ज) मा यी सम्पदा बिक्री भएको पाइएको छ । यो सम्पदाको मुल तस्बिर भने सम्पदा अभियन्ता यादवलाल कायस्थले उपलब्ध गराएका हुन् ।

प्रकाशित : आश्विन १५, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×