कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनालाई स्वागत

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्द्रजात्रा हेर्न विदेशी पाहुना काठमाडौं आइपुगेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले येँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका अतिथिहरूलाई स्वागत गरेका छन् । उनीहरूको सम्मानमा महानगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो । 

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनालाई स्वागत

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका छन् । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरूबाट प्रमुखसहित प्रतिनिधि पनि आएका छन् ।

मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

प्रकाशित : आश्विन ११, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×