बिग्रिएको मिठाई बेच्ने टिपटप समोसा पसललाई २ लाख जरिवाना


काठमाडौँ — काठमाडौं महानगरपालिकाले टिपटप मिठाई पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य मिठाई बेचेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।


दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।
प्रकाशित : आश्विन १, २०८० १७:१३