कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

दिसाजन्य फोहोर खोलामा फाल्ने कन्टेनरलाई एक लाख रुपैयाँ जरिवाना

ललितपुर — मनोहरा खोलामा दिसाजन्य फोहोर फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उपत्यकाका विभिन्न स्थानको सेफ्टी ट्यांकी सफा गरी संकलन गरेको दिसाजन्य फोहोर ललितपुर च्यासलस्थित मनोहरा खोलामा फाल्ने बा ३ ख २८० र बा ३ ख ९४०३ नम्बरको कन्टेनरलाई महानगरले ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमनका क्रममा महानगर प्रहरीले जेठ २४ गते उक्त दुई कन्टेनरलाई नियन्त्रणमा लिएको थियो । महानगर सफा र सुन्दर बनाउने अभियानमा असहयोग गरेकाले महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराएर कारबाही गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

च्यासलस्थित स्थानीय युवा क्लबले दुर्गेश तामाङलाई बाँस बिक्री केन्द्र सञ्चालनका लागि भाडामा लगाएको र तामाङले भने उक्त स्थानमा प्रतिकन्टेनर ५ सय रुपैयाँ असुलेर दिसाजन्य फोहोर खोलामा फाल्न लगाउने गरेको पाइएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी भित्रपट्टि ढलको पाइपमार्फत खोलामा फोहोर मिसाउने गरेको पाइएको उनले बताए ।

प्रकाशित : असार ४, २०८० १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×